Logo

कोशीबाट सभामुख विष्टलाई फिर्ता गर्छौंः राप्रपा महामन्त्री जबरा (भिडिओसहित)



काठमाडौं, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराले कोशी प्रदेश सभाबाट सभामुख फिर्ता हुनुपर्ने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली वहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुको लाइन कोशीको सभामुख लिन हुँदैन भन्ने भएपनि त्यहाँका नेताहरुले गलत निर्णय लिएको बताए ।

उनले पार्टीले गणतन्त्र, संघीयता, व्यवस्था र पात्रको विरोधी आन्दोलन र गतिविधि गरिरहेको भन्दै वर्तमान व्यवस्था र पात्रहरुलाई समर्थन गर्ने पदहरु लिन नहुने बताए । उनले कोशीबाट सभामुख फिर्ता हुन्छ भन्ने आफूले विश्वास गरेर र अध्यक्ष राजेन्द्र लिङ्देनले पनि पार्टीभित्र छलफल गरेर निर्णय लिने जानकारी गराएको बताए । कोशीको सभामुखबाट अम्बरबहादुर विष्ट फिर्ता नभए पार्टीले कारबाही गर्नेसमेत उनले बताए । सबै नेता तथा कार्यकर्ताले केन्द्रको निर्णय मान्नुपर्ने उनको भनाइ छ ।

‘पदाधिकारीहरुले निर्णय गरेर हाम्रो अध्यक्षजीको अध्यक्षतामा बसेको बैठकमा कोशीको सभामुखमा जान हुँदैन भन्ने विचार प्रस्तुत गर्नुभएको थियो । त्यो विचार प्रस्तुत अनुरुप कोशीमा काम भएन । त्यहाँका साथीहरुले सभामुख लिएर अगाडि बढे ।’ उनले भने, ‘निर्देशन समितिले पनि सभामुख व्याक हुनुपर्छ भन्ने निर्णय गरेर केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पाद समितिलाई पत्र पठाइसकेको छ । अब बैठक बसेर त्यसको छलफल गरेर निक्र्यौल गर्ने कुरामा हामी अगाडि बढेका छौं ।’



प्रतिक्रिया दिनुहोस्