Logo

अधिकारीको उत्कृष्ट अर्धशतकमा कर्णालीले दियो लुम्बिनीलाई १८५ रनको लक्ष्य



काठमाडौं,३ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कर्णाली प्रदेशले लुम्बिनीलाई १८५ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट मैदानमा सुरुवातमा ब्याटिङ गरेको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर १८४ रन जोड्यो । उसका लागि तल्लोक्रमका ब्याटर दिनेश अधिकारीले नटआउट अर्धशतक बनाए ।

५९ बलको सामना गरेका अधिकारीले ६ चौका र २ छक्का हिर्काउँदै ५६ रन जोड्दा दिपेन्द्र रावतले ४७ रनको इनिङ खेले । हिमांसु शाहीले २५ रन थपेको खेलमा कप्तान रविन्द्र शाहीले ११ रन थपे । २७ रन कर्णालीले अतिरिक्तमा पाएको थियो ।

बलिङतर्फ लुम्बिनीका अभिषेक गौतम र निर्मल गुरुङले समान ३ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्