काठमाडौं,३ माघ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको हो ।
नमुना मतपत्रमा उमेदवारहरूको नाम राखिएको छ । क्लष्टरहरू अनुसार छुट्टाछुट्टै मतपत्र छ ।
नमुना मतपत्रको रङ गुलाबी र निलो हरियो छ । आउँदो माघ ११ गते १९ पदका लागि चुनाव हुँदैछ । १९ पदका लागि हुने निर्वाचनमा सातै प्रदेशमा गरी कूल ५२ जनाले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दलले गठबन्धन गरेर उम्मेदवारी दिँदा राप्रपा र एमालेले भने एकल उम्मेदवारी दिएका छन् । यता सत्तारुढ दल जनमत पार्टीले पनि भागबन्डामा समावेश नगरेको भन्दै मधेश र लुम्बिनी प्रदेशमा छुट्टै मनोनयन दर्ता गराएको छ ।