
काठमाडौ,३ माघ । अलराउन्डर दिनेश अधिकारीको उत्कृष्ट प्रर्दशनमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ।
रुपन्देहीको सिद्र्धाथनगरस्थित क्रिकेट मैदानमा कर्णालीले दिएको १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१ ओभरमा १२४ रनमा अलआउट भयो । उसका लागि कृष्ण कार्कीले सर्वाधिक ४७ रन जोडे । त्यस्तै मिर्नल गुरुङले २२ रन थप्दा मह्मद हुसेन र निर्मल गुरुङले समान १० रन जोडे । कर्णालीले १५ रन अतिरिक्तमा पाएको थियो ।
बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले तीन तथा अनुज चनारा र दिपेन्द्र रावतले समान २ विकेट लिए ।