काठमाडौं,३ माघ । सरकारले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुनलाई नियुक्त गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा सानीभेरी गाउँपालिका– ६ रूकुम पश्चिमका पुनलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
यस्तै नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन् ।