काठमाडौं, ३ माघ । नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले माईतिघरमा हुने नियमित प्रदर्शन तथा जन–आवाजलाई खुल्ला मञ्चमा सार्नुपर्ने विचार व्यक्त गरेका छन् ।
उनले सरकारको तर्फबाट एक जना प्रतिनिधिलाई त्यहाँ उपस्थित गराएर आवाजलाई औपचारिक सम्मान गर्ने लोकतान्त्रिक संस्कार विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
‘मेरो विचारमा खुल्लामञ्चलाई अझ खुल्ला तर व्यवस्थित गरेर माईतिघरमा हुने नियमित प्रदर्शन तथा जन–आवाजलाई खुल्ला मञ्चमा सार्नुपर्छ । सरकारको तर्फबाट एकजना प्रतिनिधिलाई आधिकारिकरुपमा त्याहाँ उपस्थित गराई जनताको आवाजलाई लोकतन्त्रमा औपचारिक सम्मान गर्ने लोकतान्त्रिक संस्कार बिकाश गरिनुपर्दछ,’– सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।
सरकारले गत मंसिर ४ गतेदेखि माइतीघर परिसरलाई निषेधित क्षेत्र घोषणा गरेको छ । File Photo/RN