Logo

शाहब आलमको घातक बलिङसामू कोशीको कन्तबिजोग, २५ ओभरमा ८८ रन बनाउँदै अलआउट



काठमाडौं,४ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टि त्रिभुवन आर्मीले कोशी प्रदेशबाट ८९ रनको सामान्य लक्ष्य पाएको छ ।

माथिल्लो मूलपानी मैदानमा पहिले ब्याटिङ गरेको कोशी २५ ओभरमा ८८ रनमा अलआउट भयो । उसका लागि कप्तान अंकित सुवेदीले ४१ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसविरुद्धको खेलमा शानदार शतक हानेका सुजन थपलिया आज ८ रनमा आउट हुँदा सोनु अन्सारी, कमल खत्री,अभ्यास तिमिल्सिना, सौजन घिमिरे र हेमन्त राई शून्य रनमै आउट भए । भने कोशीले १९ रन अतिरिक्तमा पायो ।

कोशीको पारी धरापमा पार्न आर्मीका शाहब आलमले घातक बलिङ गरे । ६।४ ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै १४ रन खर्चिएर ६ विकेट लिए । कुशल मल्लले २ विकेट लिँदा सोमपाल कामी र विवेक यादवले समान १ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्