काठमाडौं,४ माघ । आफ्नै छोरीलाई बलात्कार गरेर छोराको हत्या गरेको आरोपमा सुर्खेतमा बुबा पक्राउ परेका छन् । उनलाई प्रहरीले कैलालीको टीकापुरबाट बिहीबार बिहान पक्राउ गरेको हो ।
२ माघमा आफ्नै १८ वर्षीय छोराको बञ्चरो प्रहार गरी हत्या गरेको आरोप छ । त्यसअघि उनले आफ्नै छोरीको बलात्कार गरेको आरोप छ ।
बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही कारण उनको हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कात्तिक १५ गते जबरजस्ती करणीको जाहेरी दर्ता गराएका थिए ।
प्रहरीका अनुसार उनीहरूका बाबु भारतमा बस्दै आएका थिए। घरमा दाजुबहिनी मात्र बस्थे। गत असोजमा भारतबाट घर आएका बुवाले छोरीमाथि बलात्कार गरेको आरोप छ। प्रहरीमा जाहेरी परेपछि बाबु भारत भागेका थिए। उनी केही दिनअघि नेपाल फर्केको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाएको हो।