काठमाडौं,४ माघ । मध्यमक्रमका ब्याटर किरण ठगुन्नाको अर्धशतकप्रेरित सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा गण्डकी प्रदेशलाई २०२ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
सिद्धार्थनगरस्थित क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २०१ रन जोड्यो । सुदूरका लागि ठगुन्नाले ६० रनको अर्धशकतीय पराी खेले । ७३ बलको सामना गरेका उनले ५ चौका हिर्काए ।
त्यस्तै नारायण जोशीले ४६ रन थप्दा शेर मल्लले १९ तथा कप्तान राजु रिजालले १६ रन जोडे । नरेन साउदले १३ रन थपेको खेलमा सुदूरपश्चिमले ११ रन अतिरिक्तमा पायो ।
बलिङतर्फ गण्डकीका कप्तान विपीन खत्री र अंकित न्यौपानेले समान ३ तथा कमल परियार र अमृत गुरुङले २ विकेट लिए ।