काठमाडौं,४ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बिहीबार भएको खेलमा मधेश प्रदेशविरुद्ध ब्याटिङ गर्नेक्रममा घाइते भएका एपीएफका बलर अविनाश बोहराले बाँकी खेल गुमाउने भएका छन् ।
हातमा चोट लागेका बोहराको शल्यक्रिया गर्नुपर्ने भएको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा मधेश प्रदेशविरुद्ध खेल्ने क्रममा उनको बायाँ हातको हत्केलामा चोट लागेको थियो ।
बोहरा खेलको ४८.२ ओभरमा घाइते भएका थिए । रुपेश सिंहले रमेश कुर्मी र मौसम ढकाललाई आउट गरेपछि त्यसै ओभरको अन्तिम बलमा उनी ब्याटिङ गर्न पुन गएका थिए । उनी रिटायर्ड हर्ट भएपछि एपीएफको लगातार २ विकेट गएको थियो । त्यसपछि फेरि ब्याटिङमा आए पनि बलिङमा भने आएनन् ।
खेलकै क्रममा बोहरालाई बयोधा अस्पताल बल्खुमा लगिएकोमा अभिनाशको शल्यक्रिया गर्नुपर्ने भएको छ । उनले यो प्रतियोगिता गुमाउने क्यान स्रोतले जनाएको छ ।