Logo

राजा फर्काउन राप्रपाले गर्न लागेको बृहत् आन्दोलन मूल समितिको सदस्य सचिवको जिम्मा ज्ञानेन्द्र शाहीलाई



काठमाडौं,४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पुर्नस्थापना र हिन्दूराज्य कायम गर्न दबाव दिने उदेश्यले सञ्चालन गर्न लागेको बृहत् आन्दोलन मूल समितिको सदस्य सचिवको जिम्मेवारी सांसद संसदीय दलका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले पाएका छन् ।

बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद शाहीलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिएका हुन् । राप्रपाले फागुनदेखि आन्दोलन गर्ने तयारी गरेको छ ।

शाहीलाई आन्दोलन मूल समितिका संयोजक लिङ्देनको प्रत्यक्ष नेतृत्व र निर्देशनमा रही कार्य गर्न तथा आन्दोलनका लागि गठित विभिन्न समितिसँग समन्वय गर्ने जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्