Logo

कमजोर कोशीविरुद्ध बागमतीको राम्रो सुरुआत, घिरैयाको अर्धशतक



काठमाडौं,५ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गतको १७ औं खेलमा बागमती प्रदेश र कोशी प्रदेशले खेलिरहेका छन् ।

कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको बागमतीले राम्रो सुरुआत गरेको छ । राम्रो सुरुआत गर्नेक्रममा बागमतीका आशुतोष घिरैयाले अर्धशतकीय पारी खेलका छन् । ताजा अवस्थामा उनी ५१ बलमा १० चौका र २ छक्का हिर्काउँदै ६२ रन जोडेका छन् । १ विकेट गुमाएर १२ ओभरको समाप्तीमा बागमतीले ७७ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot