Logo

मधेशी जनतालाई अधिकार दिलाउन जनमत पार्टी संघर्षका लागि तयार छ, मधेशी जनता पनि तयार हुनुपर्छः सीके राउत



काठमाडौं,५ माघ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश आन्दोलनको १७ वर्ष पूरा हुँदा पनि मधेशी जनताले अधिकार नपाएको भन्दै आन्दोलनमा होमिने चेतावानी दिएका छन् ।

प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा मारिएका रमेश महतोको बलिदानीको सम्झनामा सिरहाको लहानस्थित शहिद रमेश महतोको शालिकमा माल्यार्पण र श्रद्धाजली दिदै उनले आन्दोलनका लािग जनमत पार्टी तयार रहेको बताउँदै त्यसका लागि मधेशी जनता पनि तयार हुनुपर्ने बताए ।

‘रमेश महतो सहादत दिएको १७ वर्ष वित्यो । संघीयता आयो । तर अधिकार पाएनौं । विभेद पनि कायमै छ । त्यसैले जनमत पार्टी संघर्षका लागि तयार छ । मधेशी जनता पनि तयार हुनुपर्छ ।’उनले भने

‘मेचीदेखि महाकालीसम्म २२–२४ जिल्लाको समग्र मधेश एक प्रदेशका लागि आन्दोलन भएको थियो’, अध्यक्ष डा राउतले भने, ‘तर ८ जिल्लामा सिमित गरियो ।’ उनले हरेक ठाउँमा विभेद कायम रहेको र जनमत पार्टी मात्र विरोध गर्दै आएको बताए ।

डा। राउतले न्यायाधिश नियुक्ति र राष्ट्रियसभामा उम्मेदवार चयनमा समेत विभेद गरिएको बताए । मधेशबाट भोट लिने तर मधेशीलाई कतै ठाउँ नदिने दलहरुको प्रवृत्ति देखिएको उनको भनाइ छ ।

उनले भने, ‘न्यायाधिश नियुक्तिको पनि हामीले विरोध गरेका छौं । राष्ट्रियसभामा पनि उम्मेदवार उठाएका छौं । अब आन्दोलनको विकल्प छैन् ।

हरेक माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा विगत पाँच वर्षदेखि मधेस प्रदेश सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । माघ ५ गते सिराहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेसका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्