काठमाडौं,५ माघ । प्रथम मधेश आन्दोलन सुरु भएको १७ वर्ष पूरा भएको अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले काठमाडौंमा ‘संविधानको पूर्णता तथा संघीयताको अभ्यास’ विषयक विचार गोष्ठीको आयोजना गरेको छ ।
पहिलो मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा मारिएका रमेश महतोको बलिदानीको सम्झनामा लोसपाले आज गोष्ठिको आयोजना गरेको हो । काठमाडौंमा आयोजित गोष्ठिमा पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुको सहभागिता रहेको थियो ।
गोष्ठीमा बोल्दै अध्यक्ष ठाकुरले भाषाको सवाल, राष्ट्रिय पोशाकको सवालमा अदालतले पनि मधेसलाई साथ नदिएको बताएका छन् ।
तस्बिरहरु मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल डटकम