काठमाडौं, ६ माघ । अल–हैल व्यावसायिक तालिम तथा साँस्कृतिक केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच काठमाडौंको महाराजगञ्जमा निर्माण गरिएको उक्त भवन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले भवन उद्घाटन गरेका हुन् ।
जासिम एण्ड हमद बिन जासिम च्यारिटेबल फाउन्डेसनको आर्थिक सहयोगमा कतार च्यारिटी र हिल नेपालले उक्त भवन निर्माण गरेको हो । उक्त समारोहमा कतारी राजदूत मिशाल मोहम्मद अल–अन्सारी लगायतको उपस्थिति थियो । तत्कालीन सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले १८ महिनाअघि उक्त भवनको शिलान्यास गरेकी थिईन् ।