Logo

कर्णालीविरुद्ध मधेशका कप्तान हरिशंकरको अर्धशतक



काठमाडौं,६ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कर्णाली प्रदेश विरुद्धको खेलमा मधेश प्रदलेशका कप्तान हरिशंकर साहले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपूरस्थिति त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको मधेशका लागि कप्तान साहले ६० बलको सामना गरेर अर्धशतक प्रहार गरेका छन् । साहको यस संस्करणको पहिलो अर्धशतक हो । अर्धशतक प्रहार गरेका कप्तान साह ६१ बलमा ६ चौकासहित ५० रनमा आउट भए । २४ औं ओभरको पहिलो बलमा हरि स्पिनर दीपेन्द्र रावतको बलमा युनिस सिंहबाट क्याच आउट भए ।

ताजा अवस्थामा मधेशले ३२ ओभरमा ४ विकेट गुमाएर १५० रन जोडेको छ अहिले मधेशको क्रिजमा मयन यावद ३५ र राहुल मण्डल ६ रन बनाएर खेलिरहेका छन् । जारी प्रतियोगितामा कर्णाली ३ खेलमा २ मा जित र १ मा हारसहित छैटौं स्थानमा छ । मधेश ४ खेलमा समान २ मा जित र हारका साथ सातौं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot