Logo

कर्णालीविरुद्ध अर्धशतक हिर्काएर आउट भए मयन यादव, चुनौतिपूर्ण योगफलतर्फ अघिबढ्यो मधेश



काठमाडौं,६ माघ । प्रधानन्त्री कप एकदिवसीय क्रिकेटमा कर्णाली प्रदेशविरुद्ध मधेश प्रदेशका युवा ब्याटर मयन यादवले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको मधेशका लागि मयनले ८८ बलमा ५० रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । उनले त्यसक्रममा ५ चौका पनि हिर्काएका थिए । यसअघि आजै मधेश प्रदेशका कप्तानसमेत रहेका हरिशंकर साहले ६१ बलको सामना गर्दै अर्धशतक पूरा गरेका थिए ।

ताजा अवस्थामा मधेशले ४७ ओभरको खेल चलिरहँदा ७ विकेट गुमाएर २११ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot