Logo

टीआरसीबारे सबै छलफल र तयारी गरेका छौँ, सदन खुल्नेबित्तिकै विधेयक टुंगोमा पुग्छ: प्रधानमन्त्री प्रचण्ड



काठमाडौं,७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को आगामी अधिवेशनबाट टीआरसी विधेयक टुंगोमा पुर्याउने प्रतिवद्धता जनाएका छन् ।

युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सबै दलहरूसँग सहमतिका लागि वार्ता जारी रहेको बताए ।

उनले भने, ‘टीआरसी बारे सबै छलफल र तयारी गरेका छौँ । संसदको उपसमितिबाट टुंगो लागेर समितिमा गएको छ । सदन खुल्ने बित्तिकै हाउसमा लगेर प्राथमिकताका साथ टुंगो लगाइन्छ । सहमतिबाट नै यसलाई टुंगो लगाउन म प्रयासरत छु । विश्वास छ सबै दलको सहमतिबाट यो टुंगोमा पुग्छ । शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुग्छन् ।’



प्रतिक्रिया दिनुहोस्