Logo

मुस्कानको अर्धशतकमा गण्डकीले दियो कोशीलाई १६८ रनको लक्ष्य, पहिलो जितको खोजीमा दुवै टिम



काठमाडौं,७ माघ । पहिलो जितको खोजीमा रहेको गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशी प्रदेशलाई १७८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

माथिल्लो मूलपानी मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको गण्डकीले ४८।३ ओभरमा अलआउट हुँदै १६७ रन जोड्न सकयो । गण्डकीका लागि मुस्कान थापा मगरले अर्धशतकीय पारी खेले । टिमले लगातार विकेट गुमाएर दयनिय अवस्थामा पुगिरहँदा उनले टिम सम्हाल्ने प्रयास गरेका थिए ।

१२२ बलको सामना गरेका मुस्कानले ७ चौका हिर्काउँदै ६७ रनको महत्वपूर्ण पारी खेले । उनलाई कप्तान विपीन खत्रीले ४२ रन बनाएर साथ दिएका थिए । कमल परियार१३ रनमा आउट हुँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ कोशीका अभ्यास तिमिल्सिनाले उत्कृष्ट बलिङ गरे । उनले ९ ओभर बलिङ गर्दै २ मेडन राख्दै मात्र २३ रन खर्चिए । त्यस्कै फिर्दोस अन्सारी र कमल खत्रीले समान १ विकेट लिए । कोशी र गण्डकी दुवै टिमले यस संस्करणमा कुनैपनि जित हात पार्न सकेका छैनन् । गण्डकीको यो चौथा खेल हो भने कोशी छैटौं खेल खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्