Logo

निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेका नेविसंघका २० कार्यकर्ता पक्राउ



काठमाडौं,७ माघ । निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेका सत्तारुढ दल नेपाली कांग्रेस सम्बद्ध नेविसंघका २० कार्यकर्ता पक्राउ परेका छन् ।

आइतबार झन्डा र प्लाकार्डसहित माइतीघरमा प्रदर्शन गर्न पुगेका नेविसंघ कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर’,‘अभिव्यक्ति स्वतन्त्रता कायम गर’ जस्ता नारा लगाएका थिए।

तस्बिर स्रोत- सामाजिक सञ्जाल



प्रतिक्रिया दिनुहोस्

Screenshot