Logo

प्रधानमन्त्री कप क्रिकेट: धमलाको अर्धशतकमा पुलिसले दियो आर्मीलाई १४१ रनको विजयी लक्ष्य



काठमाडौं,७ माघ । सोमपाल कामीले पुनः एकपटक शानदार बलिङ गरेपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मीले नेपाल पुलिसबाट १४१ रनको सामान्य लक्ष्य पाएको छ ।

रुपन्देहीको सिद्धार्थनगर क्रिकेट मैदानमा खराब मौसमका कारण ३३ अ‍ोभरमा छोट्याईएको खेलमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको पुलिसले ३१.४ ओभरमा १४० रन बनाएर अलआउट भयो । पुलिसका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ५२ रन जोडे । अर्धशतकीय पारी खेलेका धमलाले ८० बलमा ३ चौका र २ छक्का हिर्काए ।

आरिफ शेखले १८ रन थपेको खेलमा कप्तान दिपेन्द्रसिंह ऐरी र रासिद खानले समान १३ १३ तथा अर्जुन साउद र करण केसीले पनि समान १० रननै जोडे । पुलिसले १८ रन अतिरिक्तमा पाएको थियो ।

बलिङतर्फ शानदार प्रदर्शन गरेका सोमपाल कामीले ४ विकेट लिए । ६ ओभर बलिङ गरेका सोमपालले ३ मेडन राख्दै मात्र १२ रन खर्चिएका थिए । त्यस्तै शाहव आलम र विवेक यादवको नाममा समान २ विकेट रहँदा एक विकेट कुशल मल्लको नाममा रह्यो । file photo



प्रतिक्रिया दिनुहोस्