Logo

आकाशले तोडे ज्याक्सन र रेड्डीको घातक साझेदारी



काठमाडौं,७ माघ । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध नेपाली युवा टोली विकेटका लागि संघर्ष गरिरहेको छ।

इस्ट लन्डनको बुफेलो पार्कमा टस जितेर ब्याटिङ गरिरहेको न्युजिल्यान्डले ४२ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा २ सय २४ रन बनाएर खेलिरहेको छ।

चौथो विकेटका लागि स्नेहित रेड्डी र कप्तान ओस्कार ज्याक्सनबीच १६५ रनको विशाल लक्ष्यमा साझेदारी भएको थियो । जसलाई आकाश त्रिपाठीले तोडेका छन् ।

८१ बलको सामना गरेका कप्तान ज्याक्सन ७५ रन बनाएर आउट भएका छन् । उनलाई चौथो विकेको रुपमा न्युजिल्याण्डले गुमाएको हो ।



प्रतिक्रिया दिनुहोस्