काठमाडौं, ७ माघ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विश्व हिन्दू महासंघ नेपालका पदाधिकारी र अभियन्ताहरूसंग धर्मनिरपेक्ष राज्य र सनातनदेखि चलिआएको धर्मसंस्कृतिको रक्षाबारे छलफल गरेका छन् । महासंघका पदाधिकारी र अभियन्ताहरूसँगको छलफल अत्यन्त गहन र उपयोगी भएको उनको दाबी छ ।
नेपालको ऐतिहासिक धार्मिक सद्भाव र सहिष्णुताको परम्परालाई कायम राख्दै धर्मलाई राजनीतिक र सामरिक स्वार्थका लागि उपयोग गर्ने ‘अधर्मी’ प्रवृत्तिबाट सतर्क रहनसमेत उनले आग्रह गरेका छन् ।