काठमाडौं, ७ माघ । प्रहरीले सफिना मिया हत्या प्रकरणका अभियुक्त सार्वजनिक गरेको छ । उक्त घटनामा संलग्न भारतको विहार दरभङ्गाका का ईकरामुल हक अन्सारीलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।
सफिना र ईकरामुल काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भु शोभाभगवतीस्थित सरिता गिरीको घरको भुईतलाको कोठामा बस्दै आएका थिए । करिब ३ महिना देखि कोठामा ताल्चा लगाई कोठा बन्द रहेको अवस्थामा गत माघ ३ गते स्थानीय मानिसहरुको रोहवरमा घर धनीले सो कोठाको ताल्चा फुटाई हेर्दा सडेगलेको अनुहारसमेत नचिनिने अवस्थामा सफिनाको शव फेला परेको थियो ।
उक्त घटनाको अनुसन्धानका जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, स्वयम्भुबाट अनुसन्धान गर्न प्रहरी टोली खटिई अनुसन्धान गर्ने क्रममा निज ईकरामुल हक अन्सारीलाई माघ ३ गते राति कालिमाटीबाट पक्राउ गरिएको हो । अभियुक्तलाई ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।