Logo

जनमत नाङ्गिएर जसपालाई लाज हुँदैनः प्रचार विभाग प्रमुख बस्नेत



काठमाडौं, ८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जनमत पार्टी नाङ्गिएर जसपालाई लाज नहुने बताएका छन् । रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै बस्नेतले उत्तेजना र सस्तो लोकप्रियताले राजनीति थेग्न नसक्ने अवस्था आएपछि जनमत पार्टी नाङ्गिन लागेको टिप्पणी गरेका हुन् ।

‘जनमत र उसको नेतृत्व अमुक व्यक्तिलाई देख्न नसक्ने अत्यन्त घृणा र द्वेषको राजनीति गर्न थालेको छ । जसपा परिवर्तनको नेतृत्व गरेर स्थापित भएको दल हो, जनमतजस्तो च्याँखे दाउ थापेर जन्मिएको दल हैन,’– बस्नेतले भने ।

मुलुकमा भएका आन्दोलन, संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीताजस्ता महत्वपूर्ण उपलब्धी र परिवर्तनसँग जनमत पार्टीलाई कुनै सरोकार नरहेको उनको टिप्पणी छ । प्राप्त उपलब्धी र परिवर्तनलाई संस्थागत गर्ने सवालमा जसपाले जनमत र जनमतजस्ताको हर्कतलाई परास्त गरेरै अगाडि बढ्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot