काठमाडौं,८ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम नेपाल पुलिसले अर्को विभागीय टिम एपीएफलाई १४६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
सिद्धार्थनगर पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा १४५ रन बनाउँदा सबै विकेट गुमायो । पुलिसका लागि दिलिप नाथले सर्वाधिक ४४ रन जोड्दा अर्जुन साउदले ३१ रन थपे । शंक रानाले २२ रन थपेको खेलमा कप्तान दीपेन्द्रसिंह ऐरी १५ रनमा आउट भए । अर्का ब्याटर कुशल भुर्तेल शून्य रनमै आउट भए । यस संस्करणको कुनैपनि खेलमा रन जोड्न नसकेका भुर्तेल आजपनि फ्ल्प सावित भएका छन् । यसअघि पनि उनी शून्य रनमा नै आउट भएका थिए ।
बलिङतर्फ भुवन कार्कीले तीन तथा अमर रौटेला र रमेश कुर्मीले समान २ विकेट लिएका छन् ।