Logo

प्रशासनिक भवन बन्न नदिन अरुण गाउँपालिका पूर्वअध्यक्ष कार्की झिटीगुन्टा कसेर लागे



काठमाडौं, ८ माघ । भोजपुरस्थित अरुण गाउँपालिकाको प्रशासनिक भवन बनाउन नदिन अरुण गाउँपालिकाका पूर्वअध्यक्ष गजेन्द्रबहादुर कार्की ज्यान दिएर लागेका छन् । हालै मात्र अरुण गाउँपालिकाका पूर्वअध्यक्ष कार्की १ नम्बर वडाका पूर्ववडाध्यक्ष नगेन्द्र खत्रीलाई लिएर कार्यक्रम रोक्न काठमाडौं आएको खुलेको छ । उनीहरु सहरी विकास मन्त्रालय अन्तर्गतको डोलिमा पुगेर अवरोध सिर्जना गर्न खोजेको खुल्न आएको हो ।

आफ्नै कार्यकालमा छनोट गरेको ठाउँमा भवन निर्माण गर्न खोज्दा घर भाडामा लगाएकाहरुसँग मिलेर कार्की र खत्रीले विरोध गर्दै आएका छन् । प्याउली बजारमा बैंकलगायतका संस्थाभन्दा महँगोमा भाडा लिएका पूर्वगाउँपालिका अध्यक्ष कार्की कुनै हालतमा गाउँपालिका भवन नबनोस भन्ने पक्षमा देखिएका छन् । भवन बनाउने विषयमा अदालतमा मुद्दा हारेपछि उनी फेरि गाउँमा सल्बलाउन थालेका हुन् ।
गाउँपालिकाको विकास र विस्तारको मुख्य बाधक बनेका कार्की र खत्रीले भर्खरै डोलिमा पुगेर त्यहिँ हर्कत देखाएको खुल्न आएको छ ।

भवन आयोजना धनकुटाका हाकिम रञ्जन दाससँग सेटिङ गरेर बजेट फ्रिज गराउन सक्रिय उनीहरु अहिले पनि त्यस्तै हर्कत गरहिरहेका छन् । प्याउली बजारलाई खुम्च्याउने र केही घरधनीको स्वार्थपूर्ति गर्ने काममा उनीहरू लागेको खुल्न आएको हो ।
प्याउली जस्तो ठाउँमा महँगोमा भाडा लिने अरुण गाउँपलिकाका तत्कालीन जनप्रतिनिधिहरुलाई कारबाही गर्नु पर्ने कुरा उठ्न थालेको छ । उक्त विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत चासो देखाएको छ । उनीहरुको हर्कतले अरुणमा पुराना दलहरुप्रति वितृष्णा पैदा हुने अवस्था समेत आएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्