Logo

मयनको उत्कृष्ट शतकमा मधेशले दियो सुदूरपश्चिमलाई ३२० रनको विशाल लक्ष्य



काठमाडौं,८ माघ । मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३२० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१९ रन जोड्यो । मधेशका लागि युवा ब्याटर मयन यादवले शतक प्रहार गरेका छन् । उनले १२२ बलमा उनले ७ चौका र २ छक्का प्रहार गर्दै शतक प्रहार गरेका हुन् ।

प्रधानमन्त्री कपमा यो मयनको पहिलो शतक हो भने यस संस्करणको छैटौं शतक हो । यसअघि रासिद खान, विनोद भण्डारी, सन्दीप जोरा, सुजन थपलिया र आशुतोष घिरैयाले शतक प्रहार गरेका थिए । शतक प्रहार गरेका मयनले समग्रमा आज १२८ बलको सामना गर्दै ११५ रन जोडे । त्यसहक्रममा उनले ८ चौका र २ छक्का हिर्काए ।

त्यस्तै पवन सर्राफले ६३ बलको सामना गर्दै ७० रनको अर्धशतकीय पारी खेले । पवनको यस संस्करणमा यो तेस्रो अर्धशतक हो । त्यस्तै ७० बलको सामना गरेका अनिल साहले ६ चौका र २ छक्का हिर्काउँदै ६९ रन थपे । भने कप्तान हरिशंकर साहले १४, रुपेश सिंहले २१ र अभिशेक तिवारीले १६ रन थपे ।

बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले ४ तथा विकाश आग्रीले २ र गजेन्द्र बोहराले एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्