Logo

पूर्व युवराज्ञी हिमानी र अभिनेत्री मनिषा कोइरालाबीच भेटवार्ता



काठमाडौं,८ माघ । पूर्वयुवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच भेटवार्ता भएको छ ।

यी दुईबीच हिजो भेटवार्ता भएको र यो भेट अर्थपूर्ण बनेको कोइरालाले उल्लेख गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत आफू र शाहबीच अर्थपूर्ण भेट भएको उल्लेख गर्दै मनिषाले तस्वीर सार्वजनिक गरेकी छन् ।

उनले भनेकी छन्,‘उहाँको सरल व्यवहारले सबैको मन जितेको छ । उहाँमा राष्ट्र प्रेम झल्किन्छ ।’

मनिषा नेपाली कांग्रेकाका संस्थापक नेता तथा नेपालकै पहिलो जननिर्वचित प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी हुन भने हिमानी पूर्व राजा ज्ञानेन्द्र शाहको बुहारी हुन् ।

विपीकी नातिनी भएपनि कोइराला कांग्रेसको राजनीतिमा छैनन् । उनी बेलाबखत राप्रपाले आयोजना गरेको कार्यक्रममा देखिँदै आएकी छ्न । पछिल्लो समय कोइराला नेपालमा राजतन्त्रको पक्षमा वकालत गरिरहेकी छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot