काठमाडौं,८ माघ । काठमाडौंबाट एक जना नक्कली डाक्टर पक्राउ परेका छन् । प्रहरीले काठमाडौंबाट नक्कली डाक्टर सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो ।
उनले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर विभिन्न क्लिनिकहरूमा काम गर्ने गरेको खुलेको छ । प्रहरीका अनुसार टिचिङ अस्पतालमा समेत काम गरेको पाइएको छ ।
उनले नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाण पत्र देखाएर पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए। उनले यस्तो काम गरेको तीन वर्ष भएको पनि बयान दिएका छन्।
उनीमाथि प्रहरीले इलाजसम्बन्धी र लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ।