Logo

मधेशले दिएको विशाल लक्ष्यविरुद्ध सुदूरपश्चिमका नरेन भट्टको शतक



काठमाडौं,८ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिमका नरेन भट्टले शतक प्रहार गरेका छन् ।

मधेशले दिएको ३२० रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका लागि नरेनले १०८ बलमा १२ चौका हिर्काउँदै शतक पूरा गरेका हुन् । यो जारी प्रधानमन्त्री कपको सातौ शतक हो ।

३२० रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको सुदूरपश्चिमले ताजा अवस्थामा ३८ ओभरमा ७ विकेट गुमाएर १९८ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot