Logo

म गुडविल शेयरवाला हुँ, कागजी प्रक्रियामा जे भएपनि मैले लिएको दिएको छैनः रवि लामिछाने



काठमाडौं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभपाति रवि लामिछानेले आफूले गोर्खा मिडिया नेटवर्कको गुडविल शेयर लिएको बताएका छन् । कागजी प्रक्रियामा जे भएपनि आफूले कुनै पैसा नदिएको र नलिएको उनले बताए ।

आफ्नो खातामा एक करोड ८० लाख नआएको उनले बताए । खातामा उक्त रमक आएको रहेछ भने जुनसुकै सजाय भोग्न तयार रहेको पनि उनले बताए । आफूमाथि कसैले किर्ते गरेको हुनसक्ने पनि उनले आशंका व्यक्त गरे ।

साथै, अघिल्लो प्रेसमिटमा आफूले अलिबढि व्यक्तिगत रुपमा बोलेको भन्दै उनले माफीसमेत मागे । उनले आफू लामो इतिहास भएको कान्तिपुरको बदनाम गर्न नआएको बताए ।

डिपोजिट स्लीप देखिनु भनेको कारोबार भएकै हो भन्ने नरहेको उनले बताए । आफ्नो नाम जोडिएर बाहिर समाचार आएको सहकारीसँग कुनै संलग्नता नरहेको र ती सहकारीमा खातासमेत नरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्