Logo

प्रधानमन्त्री प्रचण्डद्वारा सिक्टा सिँचाइ र महाकाली सिँचाइ आयोजनाको भर्चुअल अनुगमन



काठमाडौं, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) को भर्चुअल अनुगमन गरेका छन् ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले नीतिगत समस्या र बजेटको अभावलाई सरकारले सम्बोधन गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले कार्यक्षेत्रमा परिणाममुखी काम गर्दै निर्धारित समयमै आयोजनाको काम सम्पन्न गर्न आयोजना प्रमुखहरूलाई निर्देशन दिए ।

उनले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनाहरूलाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्