Logo

अघिल्लो प्रेस मिटमा सम्भव सिरोहियालगायतलाई पर्सनल अट्याक्ट गरेको स्वीकार्दै रविले मागे माफी



काठमाडौं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लो प्रेस मिटमा आफूबाट पर्सनल अट्याक्ट भएको भन्दै माफी मागेका छन् । कान्तिपुर पब्लिकेशनका सम्भव सिरोहिया, रामेश कोइराला, धर्म भुसाललगायतलाई अघिल्लो पत्रकार सम्मेलनमा पर्सनल अट्याक्ट हुन गएको बताए । उनले आफ्नो उद्धेश्य त्यो नभएनि आवेशमा भएको भन्दै माफी मागेका छन् ।

‘कतिपय साथीहरु गज्जव हेडलाईन पाइने भयो भनेर पनि आउनु भएको होला । यो पाली तपाईँलाई घाटा लाग्ने भयो । अघिल्लो प्रेस मिटमा मैले आवेशवस कतिपय साथीहरुलाई पर्सनल अट्याक्ट पनि गरेको छु । त्यसको लागि म क्षमा चाहन्छु । त्यस्तो मेरो उद्धेश्य पनि होईन । कतिपय कुरामा रामेश कोइराला जस्तो साथीलाई पर्सनल अट्याक्ट हुन गयो । धर्म भुसाल, सम्भव सिरोहियाजीलाई पनि पर्सनल अट्याक्ट हुन गयो ।’

आज र भविष्यमा पनि आफू त्यसरी प्रस्तुत नहुने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्