Logo

राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा कोशी प्रदेश जाँदै केपी ओली



काठमाडौं,९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली आज पूर्व जाँदैछन् । उनी कोशी प्रदेशको राजधानी विराटनगर जान लागेका हुन् ।

एमाले अध्यष तथा पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली आज दिउँसो विराटनगर जान लागेको स्रोतले जनाएको छ । उनी भोलिमात्र काठमाडौं फर्किनेछन् ।

राष्ट्रिय सभाका पूर्व सन्ध्यामा ओली पूर्व जान लागेका हुन् । राष्ट्रिय सभा निर्वाचन बिहीबार हुँदैछ । सोमबार मात्र कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा एमाले र राप्रपा मिल्ने सहमति भएको छ ।

सहमति अनुसार एमालेले राप्रपाका उद्धव पौडेललाई सघाउने र राप्रपाले एमालेकी रुक्मिणि कोइरालालाई सघाउने सहमति भएको छ । सत्ता गठबन्धनबाट भने नेपाल कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रकी चम्पा कार्की उम्मेदवार रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्