काठमाडौं,९ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १९९ रनको चुनौती प्रस्तुत गरेको छ ।
कीर्तिपूरस्थित त्रिवि मैदानमा सुरुआतमा ब्याटिङ गरेको बागमती ४९।१ ओभरमा अलआउट हुँदा १९८ रनमा समेटियो । बागमतीका लागि ओपनर आशुतोष घिरैयाले ४४ तथा इशान पाण्डेले ४३ रनको इनिङ खेले । पहिलो विकेटका लागि यी दुईबीच ९० रनको साझेदारी भएको थियो ।
विपीन आचार्यले ३८ रन थपेको खेलमा अशोक पौडेलले ३० रन जोडे भने कप्तान रित गौतमले १३ रन जोडे । सूर्य तामाङ १५ रनमा आउत हुँदा प्रतिश जिसीले मात्र २ रन जोड्न सके ।
बलिङतर्फ गण्डकीका कमल परियाले ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ३१ रन दिएका थिए । त्यस्तै कप्तान विपीन खत्री र अमृत गुरुङले समान २ विकेट लिँदा सन्दीप पराजुलीले १ विकेट लिए ।