Logo

ललितको रेकर्ड तोड्दै प्रधानमन्त्री कपमा सूर्य तामाङको कीर्तिमान



काठमाडौं,९ माघ । बागमती प्रदेशका तीव्र गतिका बलर सूर्य तामाङले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

उनले मंगलबार प्रधानमन्त्री कपको एउटै संस्करणमा सर्वाधिक विकेट लिने खेलाडीको रेकर्ड कायम गरेका हुन् । सूर्यको यो जारी प्रतियोगिता २१ औं विकेट हो । उनले नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले २०१९ मा एकै संस्करणमा लिएको २० विकेटको कीर्तिमान तोडेका हुन् ।

सूर्यले आज गण्डकी प्रदेशविरुद्धको खेलमा गण्डकी प्रदेशका ईश्वर क्षेत्रीलाई ३६ रनमा क्याच गराउँदै एकै प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् ।

सूर्य तामाङले जारी प्रतियोगिताका सुरुवाती दुई खेलमा पुलिस र एपीएफसँग ३–३ विकेट लिएका थिए भने मुलपानीमा मधेशसँग ह्याट्रिकसहित ६ र आर्मीसँग ५ विकेट लिएका थिए । त्यसपछि टियुमा कोशीसँग २ र मुलपानीमा कर्णालीसँग १ विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot