Logo

आजपाको बागमती प्रदेश भेला आगामी चैतमा



काठमाडौं, ९ माघ । आम जनता पार्टी (आजपा) को बागमती प्रदेशस्तरीय भेला आगामी चैत ३ गते काठमाडौंमा गर्ने निर्णय भएको छ । आज (मंगलबार) प्रदेश अध्यक्ष रमेश थपलियाको अध्यक्षतामा बसेको बैठकले प्रदेशको भेला बोलाउने निर्णय गरेको हो । बैठकले आर्थिक, प्रचार प्रसार गठनसहित जिल्ला कमिटीको इन्चार्ज र संयोजक तोक्ने निर्णयसमेत गरेको छ ।

बैठकमा आजपा उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापा मगर, उपमहासचिव अरुण घिसिङ, नेताहरु, धर्मेन्द्र सापकोटा, योगेश रालफाली, लुम्बिनी प्रदेश अध्यक्ष नारायण पाण्डे, उधोग विभाग प्रमुख, जनजाति महासंघ अध्यक्ष पासाङ तामाङलगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot