Logo

मल्ल र आग्रीको धारिलो बलिङसामू निरीह बन्यो कोशी, ३२ ओभरमा अलआउट हुँदै लगातार आठौं हारको संघारमा



काठमाडौं,१० माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा यस संस्करणकै सबैभन्दा खराब प्रदर्शन गरिरहेको कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १२४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरुआतमा ब्याटिङ गरेको कोशी ३२ ओभरमा १२३ रनमा अलआउट भयो । कोशीका लागि मिनाश थापाले २६ तथा कप्तान अंकित सुवेदीले २२, कमल खत्रीले १८, फिदोस अन्सारीले १३ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याटरको ब्याटबाट उल्लेख्य रन बन्न सकेन ।

कोशीलाई सस्तैमा अलआउट गर्नका लागि सुदूरका शेर मल्ल र विकाश आग्रीले उत्कृष्ट बलिङ गरे । ६ ओभर बलिङ गरेका मल्लले २८ रन दिएर ५ विकेट चट्काउँदा ७ ओभर बलिङ गरेका आग्रीले १ मेडन राख्दै मात्र ९ रन दिएर ४ विकेट लिए ।

कोशी यस संस्करणको प्रधानमन्त्री कपमा हालसम्म जितविहीन रहँदै आएको छ भने चार खेलबाट सुदूरले ६ अंक जोडेको छ । आज कोशीलाई हराउन सके सुदूर अंक तालिकाको दोस्रो स्थानमा उक्लिने छ ।



प्रतिक्रिया दिनुहोस्