Logo

सुदूरपश्चिम प्रधानमन्त्री कपको दोस्रो स्थानमा उक्लियो, कोशीको लगातार आठौं हार



काठमाडौं,१० माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशीलाई हराउादै सुदूरपश्चिम प्रदेशले चौथो जित निकालेको छ । चौथो जित निकाल्नेक्रममा सुदूरले कोशीलाई ८ विकेटको फराकिलो अन्तरले हराएको छ ।

कोशीले दिएको १२४ रनको सामान्य लक्ष्य सुदूरले २१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । सुदूरका लागि नरेन भट्टले अविजित रहँदै अर्धशतकीय पारी खेले । ४८ बलको सामना गरेका भट्टले ७ चौका हिर्काउँदै ५४ रन जोडे । उनले मधेश प्रदेशरिुद्धको खेलमा शतक प्रहार गरेका थिए ।

त्यस्तै प्रकाश पाण्डेले अविजित रहँदै ३४ रन जोड्दा कप्तान राजु रिजालले २१ र खडक बोहराले ९ रन थपे । यो जितसँगै सुदूर अंक तालिकाको दोस्रो स्थानमा उक्लिँदा कोशीले लगातार आठौं हार भोगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot