काठमाडौं, १० माघ । धनगढीका एक व्यवसायीले आफ्नै घरको पाँच तलामाथिबाट हाम फालेर आत्महत्या गरेका छन् । सन्दीप स्टोरका सञ्चालक रहेका व्यवसायी सन्तोष अग्रवालले हाम फालेर आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज विहान करिब ११ः२० मा सन्तोष अग्रवालले हाम फालेर आत्महत्या गरेका हुन् । आफ्नै घरको पाँच तलामाथिबाट हाम फालेका सन्तोषलाई उपचारका लागि नवजीवन अस्तालमा लगिएको थियो । सन्तोषलाई अस्पतालले उपचारको लागि पुर्याइएको केही समयमै मृत घोषणा गरेको हो ।