Logo

नेविसंघले ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स–२’ अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने



काठमाडौं, १० माघ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले तीन दिने ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स–२’ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै नेविसंघले काठमाडौंस्थित दशरथ रङ्गशालामा आगामी माघ १३, १४ र १५ गते ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स-२’ अन्तर्राष्ट्रिय रोबोटिक वार प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका १८ वटा समूहले प्रतिष्पर्धा गर्ने नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए । विद्यार्थीलाई अनुसन्धान, सृजना, आविष्कारसँग जोड्ने ध्येयले उक्त प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

यस प्रतियोगितामा प्रथम हुने समूहलाई तीन लाख ५० हजार, दोस्रो हुने समूहलाई एक लाख ५० हजार र अन्य श्रेणीमा विजयी हुने समूहलाई एक लाख पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको कूल अनुमानित लागत ३० लाख रुपैयाँ रहेको बताइएको छ । फोटोः दिनेश चौधरी/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्