Logo

यू-१९ विश्वकप: पाकिस्तानविरूद्ध नेपालका दुवै ओपनर आउट, सय रन नपुग्दै ५ विकेट पतन



काठमाडौं,१० माघ । आइसिसी यू-१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाइसकेको छ।

ओपनिङ ब्याटर अर्जुन कुमाल ४।२ ओभरमा ६ रन बनाएर आउट भए । अर्जुनले न्युजिल्यान्डविरुद्धको अघिल्लो खेलमा ९० रन जोडेका थिए। यस्तै आकास त्रिपाठी ६।५ ओभरमा पाकिस्तानका अहमेद हुसेनको बलमा ६ रनमै क्याच आउट हुँदा कप्तान देव खनाल पनि आउट भएका छन् । उनी २३ रनमा आउट भएका हुन् । ३७ बलको सामना गरेका देवले ३ चौका हिर्काए ।

ओपनिङ ब्याटर अर्जुन कुमाल ४।२ ओभरमा ६ रन बनाएर आउट भए । अर्जुनले न्युजिल्यान्डविरुद्धको अघिल्लो खेलमा ९० रन जोडेका थिए। यस्तै आकास त्रिपाठी ६।५ ओभरमा पाकिस्तानका अहमेद हुसेनको बलमा ६ रनमै क्याच आउट हुँदा कप्तान देव खनाल पनि आउट भएका छन् । उनी २३ रनमा आउट भएका हुन् । ३७ बलको सामना गरेका देवले ३ चौका हिर्काए । उनले ओपनिङ ब्याटर विपिन रावलसँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे।

यस्तै उत्तम मगर पनि ४ रनमा आउट भए। ओपनिङ ब्याटर विपिन यादव पाँचौं विकेटको रुपमा ३९ रनमा बनाएर आउट भएका छन्। उनी २६.४ ओभरमा आउट हुँदा नेपालले ५ विकेटको क्षतिमा ९६ रन जोडेको स्थिति थियो। उनले ६८ बलको सामना गर्दै ४ चौका र एक छक्का हिर्काएका थिए ।

न्युजिल्यान्डविरुद्ध खेलेका दीपक बोहरा ए दिपक बोहरा बी र तिलकराज भण्डारी आजको टिममा छैनन्। आज विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्तालाई खेलाइएको छ।

नेपाली टिम- अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल, उत्तम मगर (विकेटकिपर), गुलसन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुवास भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता ।

पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको थियो। पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।

नेपाल र पाकिस्तानको युवा टिमबीच दुई महिनामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि गत मंसिरमा भएको एसिया कपमा नेपालमाथि पाकिस्तानले उत्कृष्ट जित निकालेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot