Logo

आजपाको आईटी आर्मीद्वारा आयोजित जानकी मन्दिर सरसफाइ अभियान सम्पन्न



काठमाडौं, १० माघ । आम जनता पार्टी (आजपा) को भातृ संगठन आईटी आर्मीको आयोजनामा जनकपुरको जानकी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । राजनितिक दुर्गन्धलाई सफाई नगरी देश विकाश नहुने ठहरका साथ सफाई अभियान जानकी भन्दिरबाट सुरु गरिएको आइटी आर्मीले जनाएको छ ।

उक्त सरसफाइ अभियानले भोलि (मंसिर ११ गते) का लागि आह्वान गरिएको मधेश बन्द कार्यक्रमलाई सहयोग पुर्याउने विश्वास गरिएको छ । आजपाले राष्ट्रिय सभा सदस्य निर्वाचनकै दिन मधेश बन्दको आह्वान गरेको छ ।

सरसफाई अभियानमा आजपा केन्द्रीय उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापा, महासचिव उपेन्द्र साह, उपमहासचिव अरुण घिसिङ, सचिव ज्ञानेन्द्र तामाङ, सचिव समिना हुसेन, स्थायी कमिटी सदस्य योगेश रालफाली, आम जनजाति महासंघ अध्यक्ष पासाङ तामाङ ,संपर्क मञ्च ईन्चार्ज बिल्टु यादवलगायत नेताहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्