काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत सुदूरपश्चिम प्रदेशविरुद्ध पहिला ब्याटिङमा उत्रिएको बागमती प्रदेशले राम्रो सुरुवात गरेको छ । जसमा ओपनर आशुतोष घिरैयाले अर्धशतक प्रहार गरेका छन् । ५७ बलको सामना गरी उनले ५ चौका र ३ छक्का हिर्काउँदै ५३ रन जोडेका हुन् ।
मूलपानी मैदानमा टस जितेर ब्याटिङ थालेको बागमतीले ताजा अवस्थामा २० ओभरमा १ विकेट गुमाएर ९९ रन जोडेको छ । अहिले किज्रमा रहेका आशुतोषलाई कप्तान रित गौतमले ३४ रन बनाएर साथ दिईरहेका छन् ।