Logo

केपीजीले सरकार ढाल्छुसमेत भन्न सक्नुहुन्नः रामनारायण विडारी (भिडिओसहित)



काठमाडौं, ११माघ । नेकपा (माओवादी केन्द) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले वर्तमान सत्तारुढ गठबन्धनबाट पूरै अवधि सरकार सञ्चालन हुने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको गठबन्धनलाई चिढ्याउनुपर्ने कुनै कारण नरहेको र केपी ओलीले समेत सरकारलाई चिढ्याउन नचाहेको बताएका हुन् ।

‘उहाँले सक्नुहुन्न । केपीजी आफैंले भन्न सक्नुहुन्न । सरकार पूरा पाँच वर्ष गठबन्धनबाट चल्छ । प्रचण्डलाई चिढ्यउनुपर्ने कुनै कारण छैन । यति काम केपीजी भएपनि गर्न सक्नुहुन्नथ्यो ।’ उनले भने, ‘प्रचण्डले जे गरिराख्नु भएको छ, जे समन्वय गर्नु भएको छ, जे कदम चाल्नुभएको छ, आजमात्रै हेर्नुस् त भ्रष्टाचारको शृङ्खलामा थप कार्य सुरु भयो ।’

अहिलेको परिस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरिराखेको केपी ओलीले समेत भित्रि मनले समर्थन गरिरहेको उनले बताए । ओलीले बाहिर रमाइलो गर्न, कार्यकर्तालाई काम दिन, कार्यकर्तालाई सक्रिय पार्नका लागि कहिले काही सरकारको विरोध गर्दै आन्दोलनबारे कुरा गर्ने गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot