Logo

गण्डकीविरुद्ध मधेशका अनिल साहको शतक



काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशका युवा ब्याटर अनिल साहले शतक प्रहार गरेका छन् ।

कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको मधेशका लामगि अनिलले १०४ बलमा ११ चौका र ३ छक्कासहित १०० रन जोडेका हुन् ।

ताजा अवस्थामा मधेशले ३० ओभरमा २ विकेट गुमाएर १६७ रन जोडेको छ । यस संस्करणको यो आठौं शतक हो ।

यसअघि पछिल्लो शतक सुदूरपश्चिमका नरेन भट्टले मधेशविरुद्ध शतक प्रहार गरेका थिए। सो खेलमा मधेसका मयन यादवले पनि शतक प्रहार गर्न सफल भएका थिए।

अनिल, नरेन र मयनसहित बागमतीका आशुतोष घिरोइया, कोशीका सुजन थपलिया, त्रिभुवन आर्मीका विनोद भण्डारी, नेपाल एपिएफका सन्दीप जोरा र नेपाल पुलिसका रशिद खानले यो संस्करणको प्रधानमन्त्री कपमा शतक प्रहार गरिसकेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot