Logo

प्रधानमन्त्री कप क्रिकेट; लुम्बिनीले दियो एपीएफलाई १३४ रनको सामान्य लक्ष्य



काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटअन्तर्गत लुम्बिनी प्रदेशले विभागीय टिम नेपाल एपीएफ क्लवलाई १३४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

रुपन्देहीको सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर सुरुआतमा बयाटिङ गरेको लुम्बिकनी ४१ ओभरमा १३३ रनमा अलआउट भयो । लुम्बिनीका लागि दिलसाद अलिले सर्वाधिक ३९ रन जोडे । मिर्नाल गुरुङले ३४ रन जोडेको खेलमा विराट भण्डारीले २३ रन थपे भने प्रज्वल थापाले ११ रन थपे ।

बलिङतर्फ एपीएफका रमेश कुर्मीले ५ तथा भुवन कार्कीले तीन विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot