Logo

बागमतीले दियो सुदूरपश्चिमलाई २४८ रनको चुनौतीपूर्ण लक्ष्य



काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २४८ रनको मध्यम लक्ष्य पेश गरेको छ ।

मूलपानी मैदानमा सुरुआतमा ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४७ रन जोड्यो । बागमतीका लागि ओपनर आशुतोष घिरैयाले अर्धशतक प्रहार गरे । ६२ बलको सामना गरेका उनले ६ चौका र ३ छक्का हिर्काउँदै ५४ रन जोडे ।

कप्तान रित गौतमले ४४ रन जोड्दा अशोक पौडेलले ३१, रविन जोशीले २४ तथा इशान पाण्डेले २, विपीन आचार्यले १२,सूर्य तामाङले ९ तथा प्रतिश जिसीले १८ रन जोडे भने सोनु देवकोटा २० बलमा २८ रन र कृजल गुरुङ १ बलमा ४ रन जोड्दै नटाआउट रहे ।

बलिङतर्फ सुदूरका नारायण जोशी र शेर मल्लले समान तीन तथा विकाश आग्रीले २ र मिलन बोहराले १ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot