Logo

गण्डकीमा मतदान अन्तिम चरणमा, ढोरपाटनका फरार मेयर कुर्दै निर्वाचन अधिकृतको कार्यालय



काठमाडौं,११ माघ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मतदान जारी रहेको गण्डकी प्रदेशमा मतदान अन्तिम चरणमा पुगेको छ । प्रदेश निर्वाचन अधिकृतको कार्यालयका अनुसार गण्डकीमा हालसम्म ९९ प्रतिशत मतदान भईसकेको छ । अब १ जनाले मतदान गर्न बाँकी रहेको छ । प्रदेशमा तीन क्लष्टरमा भएको निर्वाचनमा २२९ जनाले मतदान गरेका छन् ।

६० प्रदेशसभा सदस्य, र ८५ स्थानीय तहका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष गरी १७० जना मतदाता छन् ।

मतदानका लागि निर्वाचन कार्यालयले इमेज सहकारी प्रकरणमा फरार सूचीमा रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई कुरेर बसेको बताइएको छ ।

सहकारी ठगी काण्डमा फरार रहेका ढोरपाटनका मेयर देवकुमार नेपाली भने उपस्थित भएका छैनन् । उनलाई दिउाँसे तीना बजेसम्म कुर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनी ०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्